Section 17
लेबल स्वीकृत गर्ने
: (१)नेपाल………. मा उत्पादित वा पैठारी गरिएको आयोडिनयुक्त नून बिक्री वितरण गर्नु अघि उत्पादक वा पैठारीकर्ता वा वितरकले त्यस्तो नूनको लेबल स्वीकृतिको लागि तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि नेपाल………….. भित्र उत्पादन वा पैठारी भईसकेको आयोडिनयुक्त नूनको उत्पादक वा पैठारीकर्ता वा वितरकले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र समितिबाट लेबल स्वीकृत गराउनु पर्नेछ ।
(३) उत्पादक, पैठारीकर्ता वा वितरकले लेबल तयार गर्दा आयोडिनयुक्त नूनको उपयोगी प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने र प्रोत्साहन दिने किसिमले तयार गर्नु पर्नेछ ।
(४) लेबलमा स्पष्ट तथा सजिलैसंग बुझ्न सकिने देहाय बमोजिमको जानकारी तथा सन्देश नमेटिने गरी नेपाली तथा आवश्यकता अनुसार अंग्रेजी भाषामा छापिएको हुनु पर्नेछ ः-
(क) समितिबाट स्वीकृत भए बमोजिको लोगो,
(ख) उत्पादक र प्याकि· गर्ने व्यक्ति वा संस्थाको पूरा नाम र ठेगाना,
(ग) प्याकेज गरेको आयोडिनयुक्त नूनको खास तौल,
(घ) प्याकेज गरेको साल र महीना,
(ङ) आयोडिनको मात्रा (पि.पि.एम.मा),
(च) आयोडिनयुक्त नूनमा मिश्रित आयोडिन नासिन, उड्न र हराउन नदिन अपनाउनु पर्ने उपाय र प्रविधि,
(छ) आयोडिनयुक्त नूनमा रहेको गुणस्तर कायम रहने अन्तिम मिति,
(ज) तोकिए बमोजिमका अन्य विवरण ।